punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने गण्डकीका मुख्यमन्त्री पोखरेलको घोषणा

Chaupati
safha napa

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन्।

बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उनको भनाइ छ।कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि काठमाडौँमा हुँदैछ।


२३ मंसिर २०७८, बिहीवार ०९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु