punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजै सभापतिको साझा उम्मेदवार तय गर्ने संस्थापनइतरको तयारी

Chaupati
safha napa

नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक आज पनि बस्दै छ। आजको बैठकले १४औँ महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार तय गर्ने जनाइएको छ।आज बिहान ९ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने सो पक्षको बैठकले सभापतिको साझा उम्मेदवार टुंगो लगाउनेछ। यसिअघि हिजो चाक्सीबारीमा बसेको बैठकले उम्मेदवार टुंगो लगाउन सकेको थिएन।

चाक्सीबारी बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बेलुकासम्म साझा उमेदवार तोक्ने बताएका थिए।उक्त पौडेलले सभापतिका आकांक्षीसँग छुट्टाछुट्टै छलफलसमेत गरेका थिए। छलफलपछि सभापतिका आकांक्षी मध्येका शशांक कोइरालाले दाबी छाडेको बताएका थिए।

आसन्न महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने तयारीमा छन् भने उपसभापति विमलेन्द्र निधिले सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन्।कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुने तय छ।


२२ मंसिर २०७८, बुधवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु