punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु

Chaupati
safha napa

विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु भएको छ । ४२ दिनसम्म चल्ने एसेसमा पाँच टेस्ट खेलिने छन् ।

अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने यो प्रतियोगितालाई भारत र पाकिस्तानबीच हुने खेल जस्तै सामरिक महत्वले हेरिन्छ । अस्ट्रेलिया टिमका नयाँ कप्तान प्याट कमिन्सका साथमा खेल्दैछ । सन् १८८२ यता एसेस सिरिजमा तीन सय ३९ पटक इंग्ल्यान्ड र अस्ट्रेलिया एक अर्का विरुद्ध खेलेका छन् ।

जसमा अस्ट्रलेलियाले एक सय ३६ पटक इंग्ल्यान्डलाई पराजित गरेको छ । इंग्ल्यान्डले एक सय आठ पटक जितेको छ भने ९१ खेल बराबरीमा सकिएको छ । एक सय ३७ वर्षे एसेस इतिहासमा ७१ सिरिज भएका छन् । जसमा ३३ पटक अस्ट्रेलियाले र ३२ पटक इंग्ल्यान्डले सिरिज जितेका छन् ।


२२ मंसिर २०७८, बुधवार ०८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु