punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्र दार्चुलाको पालिका अधिवेशन सम्पन्न

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रले जिल्लाका ९ वटै स्थानीय तहमा पालिका सम्मेलन गरी नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले संगठन बिस्तारसँगै सबै स्थानीय नेतृत्व चयन गरेको हो ।

अपि हिमाल गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरेको माओवादी केन्द्रले लेकम गाउँपालिकाको सम्मेलन आइतबार सम्पन्न गरेको छ । त्यहाँ उमाकान्त बिष्ट अध्यक्ष चयन भएका छन । त्यस्तै, पालिका अधिवेशनले महाकाली नगरपालिकामा गणेश खत्रीलाई अध्यक्षमा चुनेको छ ।

खत्री नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण हुँदासमेत खत्री जिल्ला संयोजक रहेका थिए ।त्यसैगरी, शैल्यशिखर नगरपालिका अध्यक्षमा कर्ण भण्डारी, व्यास गाउँपालिकामा विपिन कुँवर, दुहु गाउँपालिकामा मनोरथ भट्ट, मालिकार्जुन गाउपालिकामा कल्यानसिंह धामी, नौगाड गाउँपालिकामा धनिराम ठगुन्ना, मार्मा गाउँपालिकामा नरबहादुर बिष्ट र अपि हिमाल गाउँपालिकामा कलकसिंह बोहोरा अध्यक्षमा चयन भएका छन् ।

जिल्ला संयोजक तोकिएपछि नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समिति गठन हुनेछ । समन्वय समितिमा ९ वटै स्थानीय तहका अध्यक्षहरू सदस्य सचिवको भूमिकामा हुनेछन् । माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते धनगढीमा हुँदै छ ।

 


२२ मंसिर २०७८, बुधवार ०८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु