punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कृषि क्षेत्रमा अपेक्षित प्रतिफल आउन सकिरहेको छैन : मुख्यमन्त्री भट्ट

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि क्षेत्रमा अपेक्षित प्रतिफल आउन नसकिरहेको बताएका छन् ।

धनगढीमा आज आयोजित ‘मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास’सम्बन्धी समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कृषि क्षेत्रबाट अपेक्षित प्रतिफल पाउन कृषकहरुको सम्मान र प्रोत्साहन दिनुपर्ने बताए ।

नेपाल कृषि प्रधान देश भएर पनि कृषिसम्बन्धी गतिविधिबाट कृषक खुशी नभएको देखिएको उल्लेख गर्दै उनले भने, ‘‘कृषि कर्म गर्ने पुरानो तरिका र सोचभन्दा अब नयाँ सोचले काम गर्न जरुरी भइसकेको छ।’’

मुख्य मन्त्रीले हिजोको सोचले नभई नयाँ तरिकाले कृषि विकासका गतिविधि अघि बढाउन सरकारले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास कार्यक्रम ल्याएको बताउँदै कृषकको हितका लागि सरकार प्रतिबद्ध रहेको बताए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवि चौधरी र राज्य मन्त्री मानबहादुर सुनारले सयममै मल, उन्नत बीउबिजन नपाउँने र सिँचाइको असुविधा हुने कृषकको समस्या समाधानमा सरकारले पहल गरिरहेको बताए।

मन्त्रालयका सचिब डा मदनसिंह धामीले कृषि तथा पशुपंछीका क्षेत्रमा भइरहेको आयातलाई प्रतिस्थापन गर्न र प्रदेशलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउन नमुनाको रुपमा यो कार्यक्रम कार्यान्वयन भइरहेको स्पष्ट पारे।

कृषि विकास निर्देशनालय दीपायलका निर्देशक र कृषि ज्ञान केन्द्र कैलाली तथा कञ्चनपुरका प्रमुखले कार्यक्रमबाट प्राप्त उपलब्धि, देखिएका समस्यालगायतका विषयमाथि प्रकाश पारेका थिए।

बनाइएको कार्यविधि र मापदण्डका आधारमा छनोटमा परेका गाउँमा आर्थिक वर्ष २०७६/०७७ देखि ‘नमूना गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ धान, गहुँ, आलु, तरकारी, चैते धान, केरा, फलफूललगायतका बालीमा यो कार्यक्रम कार्यान्वयन भइरहेको छ। प्रदेश सरकारले यो कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ।

२० मंसिर २०७८, सोमवार ०७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु