punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा डिएसपी बिष्टको स्वागत,बोहराको विदाइ

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायव उपरीक्षक रविन बिष्टलाई स्वागत गरेको छ । भने इलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहरालाई विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै बिष्टको स्वागत र बोहराको विदाई गरिएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा भएका बिष्टलाई कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले स्वागत गरेका हुन् । भने ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक बोहरालाई विदाइ गरेका हुन् । उनको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल सरुवा भएको थियो ।

यस्तै तोकिएको जिम्मेवारी पूर्ण ईमान्दारी, बफादारी एवं कर्तव्य निष्ठताका साथ प्रशंसनिय एवं अनुकरणीय तवरले कार्य सम्पादन गरेको भन्दै कार्यको उचित मुल्याङकन गर्दै कदर स्वरुप डिएसपी बोहरालाई एक हजार पाँच सय नगद पुरस्कार द्वारा अभिलेखमा जनिने गरी जिल्ला प्रहरी कार्यालय कैलालीले पुरस्कृत गरेको छ ।


१८ मंसिर २०७८, शनिवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु