punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओमिक्रोन संक्रमण रोक्न कञ्‍चनपुरका सीमा क्षेत्रमा सतर्कता

Chaupati
safha napa

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुलुकहरूसहित भारतमा देखा परेपछि पश्चिमी सीमा नाका गड्डाचौकीमा सतर्कता अपनाउन थालिएको छ।सीमा नाका भएर आउने यात्रुमध्ये कोरोनाका शंकास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमुना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ।

‘सीमा नाकाबाट भित्रिने यात्रुको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आए उपचार र परीक्षणका लागि अस्पताल पठाउँदै आएका थियौं’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतलगायत मुलुकमा देखा परेपछि नमुना परीक्षण गर्न केन्द्रीय प्रयोगशालामा पठाइने गरिएको छ।’

कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिनका लागि सीमा क्षेत्रमा सावधानी र सतर्कता अपनाइएको उनले बताए। जोखिमलाई कम गर्न भारतबाट आउने यात्रुको पिसिआर रिपोर्टसँगै कोरोना विरुद्धको खोप लगाइएको कार्डसमेत हेर्ने गरिएको छ।

सीमा क्षेत्रमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण

भारतबाट भित्रिने यात्रुहरुको पश्चिमी सीमा क्षेत्र गड्डाचौकीमै मलेरिया, क्षयरोग र कोरोना परीक्षण गर्ने व्यवस्था गरिएको छ। सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमै शंकास्पद यात्रुहरुको मलेरिया, क्षयरोग र कोरोना परीक्षण गरिँदै आएको छ।

‘मलेरिया र कोरोना सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा परीक्षण गरी नतिजा यकिन गरिन्छ’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनारले भने, ‘क्षयरोग (टिवी)को परीक्षणका लागि खकार संकलन गरी जिल्लामै रहेको जीन ल्यावमा लगेर परीक्षण गर्छौं।’ क्षयरोगको नतिजाबारे बिरामीलाई फोनमार्फत जानकारीसमेत दिइने गरिएको छ।


१८ मंसिर २०७८, शनिवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु