punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस सुदूरपश्चिम अधिवेशन : ५६ पदमा १७९ जना उम्मेदवार

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन जारी छ।कांग्रेसको प्रदेशको नेतृत्व चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

सभापतिमा उम्मेदवारी दिँदै बलायरले कम्युनिष्टविरुद्ध लड्ने र सुदूरपश्चिमलाई कम्युनिष्टमुक्त नै बनाउने दावी गरेका छन्।यस्तै पौडेल पक्षको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका मिश्रले सम्पूर्ण नेता–कार्यकर्ताको सुझाव सल्लाह अनुसार उम्मेदवारी दिएको बताएका छन्।

संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्।

यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवारी दिएका छन्।

यस्तै काँग्रेस सुदूरपश्चिमको उपसभापतिमा हिम रावलको पनि उम्मेदवारी छ। तर उनले उम्मेदवारी फिर्ता लिएको र आफ्नो समर्थन बलायर समूहलाई रहेको भन्दै विज्ञप्ती जारी गरेका छन्। यता, सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वाँर र डम्मरी महराको पनि उम्मेदवारी परेको छ।

प्रदेश निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ। प्रदेश निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार ८ पदाधिकारीमा १९ जनाको उम्मेदवारी परेको छ।

यस्तै ४८ प्रदेश सदस्यका लागि १६० जनाले उम्मेदवारी दिएका छन्। ५९ सदस्यीय कार्यसमिति चयन हुने भए पनि तीन जना भने निर्विरोध चयन भएकाले अब ५६ पदका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी बिष्ट निर्विरोध चयन भएका हुन्।यस्तै प्रदेश अधिवेशनमा एक हजार १७ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाउने कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए।जसमध्ये ७० प्रतिशत प्रतिनिधि देउवा पक्षमा रहेको दाबी गरिएको छ।


१८ मंसिर २०७८, शनिवार ११:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु