punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वैवाहिक वर्षगाँठमा धुर्मुस–सुन्तलीले सार्वजनिक गरे मायाप्रेम साट्दै गरेको म्युजिक भिडिओ

Chaupati
safha napa

हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १३औं वैवाहिक वर्षगाँठका उपलक्ष्यमा म्युजिक भिडिओ सार्वजनिक गरिएको छ।

आपसमा मायाप्रेम साटासाट गर्दै धुर्मुस र सुन्तलीको अभिनय रहेको ‘मायाले जीवन सजाऊ’ गीतको भिडिओ सार्वजनिक गरिएको हो। जसमा धुर्मुस र सुन्तलीले मायाले जीवन सजाउन एकअर्कालाई आग्रह गरेका छन्।

भिडिओमा यो जाडीले जीवनमा भोगेका आरोहअवरोह तथा प्रेम देखाइएको छ।गीत कुमार कट्टेल र अस्मिता अधिकारीले गाएका हुन् भने शब्द अर्जुन पोखरेलका हुन्।रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा निर्मित म्युजिक भिडिओ बन्देप्रसादले सम्पादन तथा मानकृष्ण महर्जनले छायांकन गरेका हुन्।

हेर्नुहोस् भिडिओ–


१५ मंसिर २०७८, बुधवार १८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु