धनगढी उपमहानगरपालिकाको स्थापना दिवस कार्यक्रम स्थगित
धनगढी। धनगढी उपमहानगरपालिकाको १२ स्थापना दिवस स्थगित गरिएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मुलुक शोक र विपद्मा रहेकाले १२ औं स्थापना दिवस स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाले हरेक वर्ष असोज १ गते स्थापना दिवस मनाउने गरेको छ। गत वर्ष जेन्जी आन्दोलनका कारण ११ औं स्थापना दिवस स्थगित भएको थियो भने यो पटक भोटेकोशीको अकल्पनीय बाढीका कारण व्यापक धनजनको क्षति भएकाले स्थापना दिवस स्थगित गरिएको उपमहानगरपालिकाले जनाएको छ।
१७ भदौ २०८३, बुधवार १६:०२ बजे प्रकाशित














