punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश २ लाई हराउँदै लुम्बिनी फाइनलमा

Chaupati
safha napa

काठमाडौंमा जारी यू-१९ एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश २ लाई पराजित गर्दै फाइनलमा पुगेको छ।

बुधबार प्रतियोगिताअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गर्दै फाइनल पुग्ने पहिलो टीम बन्यो। लुम्बिनीले ६ खेलबाट ५ जित सहित १० अंक बनाएर फाइनल पुग्न सफल भयो।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश २ ले ३९।५ ओभरमा अलआउट हुँदै १६८ रन बनायो। जवाफमा उक्त लक्ष्य लुम्बिनीले २६।५ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो।

प्रदेश २ का लागि ओपनर शन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाउँदा गल्न झाले ३२ तथा अदिल अन्सारी २२ रनमा अविजित रहे। उसका ८ खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। लुम्बिनीका लागि वासिर अहमेद्धले सर्वाधिक ५ विकेट लिंदा विशाल विक्रम केसीले ३ तथा राहुल चौधरीले २ विकेट हात पारेका थिए।

जवाफमा लुम्बिनीले उत्कृष्ट सुरुवात गर्‍यो। पहिलो विकेटका लागि ओपनरद्वय आकाश त्रिपाठी र कप्तान डेभ खनालले १४१ रनको सानदार साझेदारी गरे। त्रिपाठीले ६२ बल खेल्दै ९ चौकाको सहयोगमा ५७ रन बनाए।

त्यस्तै अर्का ओपनर डेभ खनालले ८९ बलमा ६२ रनको अविजित इनिङ खेले। उनलाई प्रज्जवल थापाले १३ रनमा साथ दिएका थिए।

यसअघि लुम्बिनीले प्रतियोगितामा आफ्नो पहिलो खेलमा गण्डकीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कर्णालीसँग १४० रनले पराजित भएको थियो। यद्दपि त्यसपछि भने लुम्बिनीले लगातार जित निकाल्यो।

तेस्रो खेलमा सुदूरपश्चिमलाई २ विकेटले हराउँदा चौंथो खेलमा बागमतीमाथि ३ विकेटको जित निकाल्यो। त्यस्तै पाँचौ खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै फाइनल नजिक पुगेको लुम्बिनी अन्तत अन्तिम खेलमा प्रदेश २ लाई पाखा लगाउन सफल भयो।


१५ मंसिर २०७८, बुधवार १८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु