punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस महाधिवेशन : अछाम–१ मा गाउँपालिका अध्यक्षदेखि पूर्वराजदूत पराजित

Chaupati
safha napa

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १ को मंगलबार सम्पन्न भएको छ । यसअघि भएको निर्वाचनमा फर्जी मत देखिएपछि यहाँ पुनः मतदान भएर निर्वाचन सम्पन्न भएको हो ।

निर्वाचनमा गाउँपालिकाका अध्यक्षदेखि पूर्वराजदूतसम्मका नेताहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पूर्वराजदुत तथा ०४८ सालका प्रतिनिधि सभा सदस्य बलबहादुर कुँवर जम्मा जम्मा खसेको ७१४ मध्ये १९३ मतमा सीमित हुँदै प्रतिनिधिमा पराजित भएका हुन् ।

यस्तै, जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले २० मत मात्रै पाए । बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष राजेन्द्रबहादुर खड्का पनि महाधिवेशन प्रतिनिधिको १० जनाको कोटामा पर्न सकेनन् । उनले जम्मा २७५ मत पाएर पराजित भए ।

यसैगरी जिल्ला समन्वय समितिका सदस्य शिव तिरुवाले ३१ मत मात्रै पाए । महाधिवेशन प्रतिनिधिमा काँग्रेस अछामका सभापति भरतकुमार स्वाँर सबैभन्दा बढी ४६१ मत ल्याएर विजयी भएका छन् ।

यसैगरी नेविसंघ अछाम सभापति नृप साँउद (४५३), पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाह (४३०), काँग्रेस अछामका पूर्व सभापति मेघराज खड्का (४२८) महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

यस्तै, खुलामै राजन कुँवर (३५०), टिकाराम खनाल (३२२), भक्तबहादुर ठकुल्ला (३०६), कृष्ण कुँवर (२९३), राजेन्द्रबहादुर शाह (२८४) र राजेन्द्र कुँवर (२५६) विजयी भएका छन् । खुला १० जनाकालागि भएको निर्वाचनमा २८ जनाको उम्मेदवारी परेको थियो ।

खस आर्य तर्फ पुरुषमा सबैभन्दा बढी तपेन्द्र खड्काले ४०९ मत ल्याएका छन् । यस्तै जयन्द्र बहादुर स्वाँरले ३६४, पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहरार ३४१ र हर्षप्रसाद भट्टले १७९ मत ल्याएर बिजयी भएका छन् ।

महिला खुल्लातर्फ सबैभन्दा बढी अनुराधा स्वाँरले ४ सय ६८ ल्याएकी छन् । भुवनेवरी शर्मा (४२९), माया कुवँर (३७३) र लक्ष्मी शाह (३४६) बिजयी भएका छन् ।

खस आर्य महिलातर्फ सबैभन्दा बढी ४ सय १८ मत ल्याएर अप्सरा कुवँर बिजयी भएकी छन् । खस आर्य महिला कोटामा भगवती खनाल (४०९) र मिरादेवि खड्का (२९०) बिजयी भएका छन् ।

यस्तै दलित तर्फ खुलामा सबै भन्दा बढी ४ सय ५४ मत ल्याएर अर्जुन ताम्राकार बिजयी भएका छन् । यो कोटामा डम्बरबहादुर सुनार (३५३) पनि विजयी भएका छन् ।

यस्तै दलित महिलातर्फ रुपा आउजी ४ सय १५ मत ल्याएर बिजयी भएकी छन् । जम्मा ७ सय ६४ मतदाता रहेको यो क्षेत्रमा ७ सय १४ मत खसेको थियो । क्षेत्रीय कार्य समितिको मत परिणाम भने आउने क्रममा छ ।


१४ मंसिर २०७८, मंगलवार १९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु