punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसको केन्द्रीय कार्यालय सानेमा जारी अनशन स्थगित

Chaupati
safha napa

ललितपुर सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगन भएको छ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन मंगलबार स्थगन गरिएको हो।

कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललगायत नेता, कार्यकर्ताहरूले हटाइएका क्रियाशील सदस्य कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्य खारेज गर्नुपर्ने, अवैधानिक वडारपालिका अधिवेशन बदर गरी नयाँ अधिवेशन गराउनुपर्ने माग राखि मंसिर १ देखि सानेपामा अनशन गरेका थिए।

उपसभापति निधिले अनशनकारीहरूको पीरमर्का पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनको बेलामा पनि आम जनतामाझ राखेर जाँदा राम्रो हुने सुझाव दिएपछि अनशन तोडिएको कांग्रेस डडेल्धुरा सभापति मल्लले बताए।

उपसभापति निधिले डडेल्धुरामा उजुरी छानबिन नगरी वडारपालिकाहरूको अधिवेशन गरिनु गम्भीर विषय रहेको र डडेल्धुरा कांग्रेसका नेता कार्यकर्ताको माग र आग्रहप्रति आफ्नो एक्यबद्धता रहेको बताए।


१४ मंसिर २०७८, मंगलवार १९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु