punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी अधिवेशन : तीनवटा पालिकामा नयाँ नेतृत्व चयन

Chaupati
safha napa

मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको तीन पालिकामा अधिवेशन सम्पन्न भएको छ।माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार पुर्चौडी नगरपालिका, दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनबाट तीनवटै स्थानीय तहमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ।

पुर्चौडी नगरपालिकामा आनन्दसिंह धामीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ। कमिटीका उपाध्यक्षमा उज्जलसिंह साउद, लीला जोशी, मने लुहार, सचिवमा धर्मानन्द बडु, सहसचिवमा निराजन ढुँगाल र कोषाध्यक्षमा पुष्कर विष्ट चयन भए।

दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ। उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त विष्ट लगायत छन्।

यस्तै सिगास गाउँपालिकामा प्रकाश साउदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ। उपाध्यक्षमा उद्धव धामी, लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी, सहसचिवमा दानसिंह साउद चयन भए।

अन्य बाँकी सात पालिकामा मंसिर २५ गतेअगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ।माओवादी केन्द्रले पहिलोपटक देशभर एकैदिन पालिका अधिवेशन गरेको हो।माओवादी केन्द्रले २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ। प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा उक्त पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ।

 


१४ मंसिर २०७८, मंगलवार १९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु