अछाममा बस दुर्घटना, २ जनाको मृत्यु
अछाममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको जानकारी पाएको प्रहरीले जनाएको छ ।
बसमा कति जना सवर थिए भन्ने यकिन छैन ।
बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
१४ मंसिर २०७८, मंगलवार १६:०८ बजे प्रकाशित































