काँग्रेसको प्रदेश सह–महामन्त्रीमा शाहीले गरे उम्मेदवारी घोषणा
नेपाली काँग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि लक्ष्मण शाहीले सह–महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत यही मंसिर १८ र १९ गते हुने प्रदेश अधिवेशनका लागि शाहीले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
विधार्थी कालदेखि नै राजनीतिमा होमिएको भन्दै उनले अहिले आफूले प्रदेशको सह–महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए । नेपाली कांग्रेसलाई नविन कांग्रेस बनाउनमा आफनो ठूलो भूमिका रहने उनले बताए ।
१४ मंसिर २०७८, मंगलवार १६:५४ बजे प्रकाशित































