घुमुवा प्रहरीको नाममा रकम माग्ने पक्राउ
आफूलाई सादा पोसाकको प्रहरी बताउँदै व्यापारीसँग रकम उठाउने व्यक्ति पक्राउ परेका छन्।विराटनगर महानगरपालिका १२ का ३१ वर्षीय पुष्पराज चेम्जोङलाई ईलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको हो।
विराटनगर महानगरपालिका १५ स्थित दक्षिण गेट क्षेत्रमा ‘म सादा पोसाकको प्रहरी हुँ’ भन्दै स्थानीय व्यापारीहरूसँग रकम माग गर्दै गरेको अवस्थामा उनलाई फेला पारेको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनीमाथि थप अनुसन्धान गरिरहेको श्रेष्ठले बताएका छन्।
१३ मंसिर २०७८, सोमवार १८:१६ बजे प्रकाशित































