punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्र चौरपाटी गाउँपालिकाको अध्यक्षमा साउँद सर्वसम्मत निर्वाचित

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अछाम चौरपाटी गाउँपालिकाको अध्यक्षमा जीवन विक्रम साउँद सर्वसम्मत निर्वाचित भएका छन । शनिबार भएको प्रथम गाउँपालिका अधिवेशनबाट साउँद सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन ।

माओवादी केन्द्र जिल्ला कमिटी सदस्य समेत रहेका साउँदलाई सर्वसम्मत गाउँपालिकाको अध्यक्षमा निर्वाचित गरिएको हो । पार्टीका गाउँपालिका कमिटी अध्यक्ष शंकरमान बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिपक साउँद रहेका थिए ।

यस्तै कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा चौरपाटी गाउँपालिका इञ्चार्ज राम बहादुर थापा, जिल्ला सचिवालय सदस्य सुरत भुल, वडा नम्बर १ का वडा अध्यक्ष सालिभान साउद, नेकपा एमालेका पार्टी प्रतिनिधि, नेपाली काँग्रेसका पालिका सभापति धर्म बहादुर साउदले शुभकामना दिएका थिए ।


१२ मंसिर २०७८, आइतवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु