दार्चुलामा ढुगां लागेर शिक्षिकाको मृत्यु
दार्चुलामा ढुगां लागेर एक जना शिक्षिकाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ घाजिर घर भई शिद्धनाथ आबि घाजिरमा कार्यरत बालबिकास सहजकर्ता शिक्षिका दमयन्ती मन्यालको ३६ वर्षको उमेरमा मृत्यु भएको हो ।
थुमनि खन्ने बेला माथिबाट ढुगां आएर गम्भीर घाइते भएकी मन्यालको घर ल्याउने क्रममा बाटोमै मृत्यु भएको स्थानीय शिक्षक गजेन्द्रसिंह धामीले जानकारी दिए । मृतक मन्यालका तीन छोरा रहेका छन् ।
१२ मंसिर २०७८, आइतवार १४:५१ बजे प्रकाशित































