सुनको मूल्य फेरि बढ्यो, चाँदी ह्वात्तै घट्यो
आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा ह्वात्तै गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९२ हजार १ सय रुपैयाँमा र तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।
शुक्रबार भने छापावाल र तेजाबी सुन क्रमशः ९१ हजार ९ सय र ९१ हजार ४ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।
यता चाँदीको भाउ भने सस्तिएको छ। शुक्रबार तोलाकै १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १२ सय १० रुपैयाँमा कारोबार भएको हो।
१२ मंसिर २०७८, आइतवार १२:२५ बजे प्रकाशित































