दार्चुला उद्योग बाणिज्य संघको अध्यक्षका लागि मतदान सुरु
दार्चुला उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि मतदान सुरु भएको छ । उद्योग वाणिज्य संघ दार्चुलाको ८ औँ अधिवेशनमा अध्यक्ष पदमा सहमति हुन नसक्दा मतदान हुन लागेको हो । उद्योग वाणिज्य संघको अध्यक्षबाहेक सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षका लागि उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरेशसिह थापा र उपाध्यक्ष इन्द्रदेव पन्त बीच अहिले दार्चुला विकास संगठनको सभाहलमा मतदान सुरु भएको निर्वाचन अधिकृत धिरेन्द्र साउदले बताए ।
उद्योग वाणिज्य अध्यक्षका प्रत्याशी थापालाई नेकपा एमालेको साथ छ भने पन्तलाई नेपाली काग्रेसले साथ दिएको छ । यसअघि उद्योग वाणिज्य संघको पदाधिकारीमा नेकपा माओवादी केन्द्र निकटलाई समेत समेटिएको हुँदा अध्यक्षमा थापालाई माओवादी समर्थन रहने बताइएको छ । उद्योग वाणिज्य संघको चुनावको लागि कुल ९५८ जना मतदातारहेका छन् ।
विहान ९ बजेदेखि सुरु भएको मतदान अप्राहन्न ४ बजेसम्म रहने बताइएको छ । उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा बिशनसिह बोहरा, उद्योग उपाध्यक्षमा केशबहादुर पाल, बाणिज्य उपाध्यक्षमा हरकसिह बडाल, महासचिव सर्पराज बडू, सचिव दिलेन्द्रराज अवस्थी, कोषाध्यक्ष कमलसिह धामी, सहकोषाध्यक्ष प्रेमसिह डडाल निर्विरोध चयन भएका छन् ।
१२ मंसिर २०७८, आइतवार १२:०६ बजे प्रकाशित































