punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देवरको हत्या आरोपमा भाउजू पक्राउ

Chaupati
safha napa

सल्यानमा देवरको हत्या गरेको आरोपमा दुई भाउजू पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल छन्।सारदा नगरपालिका वडा नम्बर-५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको शुक्रबार हत्या भएको थियो।

हत्यापछि शव आधा जलाएको अवस्थामा शुक्रबार फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।

‘दुई भाउजू मिलेर मध्यरातमा बञ्चरो प्रहार गरी देवरको हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी खड्काले भने, ‘हत्या अभियुक्त दुबै महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’


११ मंसिर २०७८, शनिवार ०९:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु