punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार शिवाकोटीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

Chaupati
safha napa

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शिवाकोटी दोलखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेका छन् । शिवाकोटीले दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका छन् ।

तत्कालिन सभामुख कृष्णबहादुर कृष्ण बहादुर महरा र पुर्व संचार मंत्री बाँस्कोटाको विषयको समाचार प्रकाशित गरेपछि उनीहरु दुवैको पद गएको थियो।

आफ्नो उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले खुला, खसआर्य तथा भूगोल क्षेत्र मध्ये कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताएका हुन् । उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू सञ्चार उद्यमीका रुपमा भने सक्रिय रहिरहने बताए ।


१० मंसिर २०७८, शुक्रवार १९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु