punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ६३९ जनाको नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आरटी पीसीआरमार्फत चार र एन्टिजेन विधिमार्फत एक जनामा पुष्टि भएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ। एन्टिजेन विधिमार्फत कञ्चनपुरका एक जनामा पुष्टि भएको छ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। यसअघि बिहीबार यस प्रदेशमा छ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ।


१० मंसिर २०७८, शुक्रवार १८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु