नेपालद्वारा मलेसिया ६ विकेटले पराजित
टी-ट्वेन्टी महिला विश्वकपको एसियाली छनोटमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । ९३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।नेपालको यो लगातार तेस्रो जित हो ।
६ अंक जोडेको नेपालको ग्लोबल छनोटको सम्भावना कायमै छ ।नेपालको जितमा सिता रानामगरले सर्वाधिक ३० र कप्तान रुविना क्षेत्रीले २० रन जोडे । यस्तै सरिता मगरले १५ र कविता कुँवरले १० रनको योगदान गरे ।
यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन बनाएको थियो ।नेपालका लागि सवनम राईले २ तथा कप्तान रुविना क्षेत्री, सिता रानामगर र कविता कुँवरले एक–एक विकेट लिए ।नेपालसँगै आयोजक युएईको पनि ६ तथा हङकङको चार अंक छ ।
१० मंसिर २०७८, शुक्रवार १७:०८ बजे प्रकाशित













