punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार महासंघका पूर्वमहासचिव केसी कांग्रेसको क्षेत्रीय सभापति निर्वाचित

Chaupati
safha napa

नेपाल पत्रकार महासंघका पूर्वमहासचिव पोषण केसी नेपाली कांग्रेसको राजनीतितर्फ सक्रिय हुने भएका छन्।उनी बाँके निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको क्षेत्रीय सभापति निर्वाचित भएका छन्।

बाँके–१ मा शुक्रबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा प्रतिद्वन्द्वी माधवराम खत्रीलाई ४७ मतले पराजित गर्दै क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।

कुल खसेको ६ सय १ मतमध्ये केसीले ३ सय १६ र खत्रीले २ सय ६९ मत पाएका छन्।केसी प्यानलबाट खुमबहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल सचिवमा विजयी भएका छन्।

यस्तै सहसचिवमा केसी प्यानलबाट रामबहादुर रावत र खत्री प्यानलबाट दिपेन्द्र उप्रेती निर्वाचित भएका छन्।


१० मंसिर २०७८, शुक्रवार १६:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु