कांग्रेस डोटी उपसभापतिमा खड्का र जोशी विजयी

नेपाली कांग्रेस १४ औँ महाधिवेशनअन्तर्गत भएको जिल्ला निर्वाचनमा उपसभापति पदमा विजय खड्का र नारायण जोशी विजयी हुनुभएको छ । खड्काले ६०१ मत प्राप्त गरे भने जोशीले ५६४ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वी बम कठायतले ३७३ र पदमबहादुर रावतले ३२७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् भने खड्का क्षेत्रीय सभापति हुन्।

यसैगरी सचिवमा नारायण बलायर र गणेश खड्का निर्वाचित भएका छन्। खड्काले ४६१ र बलायारले ४३४ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

यस्तै सहसचिवमा छत्र कठायत र गोकर्ण मलासी निर्वाचित भएका छन्। कठायतले ४०१ र मलासीले ३६९ मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ।


१० मंसिर २०७८, शुक्रवार १६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु