देशभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जनाएको छ । महाशाखाले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको जनाउँदै सर्तक रहन आग्रह गरेको हो ।

‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेको छ । महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८।२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने अनुमान गरिएको छ ।

यस्तै, देशका विभिन्न भागमा समेत तापक्रम अत्याधिक मात्रामा घटेको महाशाखाले जनाएको छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


१० मंसिर २०७८, शुक्रवार ०९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु