punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीपहिरोपीडितका लागि २५ करोड छुट्याएका छौं : मन्त्री चौधरी

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा सहकारीमन्त्री बिनिता चौधरीले बेमौसमी वर्षाका कारण प्रभावितहरुको राहतका लागि प्रदेश सरकारले २५ करोड रूपैयाँ विनियोजन गरिएको बताएकी छन्।

बिहीवार महेन्द्रनगरमा भेटेरीनरी अस्पतालको उद्घाटन गर्दै उनले विनियोजित रकम छिट्टै पीडितको बैंक खातामा जम्मा गरिने बताइन्। ‘रकम विनियोजन हुन केही विलम्ब भयो‚’ उनले भनिन्‚ ‘अब क्षतिको संकलित विवरणअनुसार क्षतिपूर्तिबापतको रकम किसानलाई दिन्छौं।’

यस्तै उनले पशु अस्पताल सञ्चालनमा आएपछि पशुपालक किसानले सहज रुपमा सेवा पाउने बताइन्। पशुमा लाग्ने रोग निदानको कार्य अस्पतालबाटै हुने उल्लेख गर्दै उनले पशुको महामारीजन्य रोग रोकथाम गर्न समेत सहज हुने बताइन्। भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले किसानका लागि बिमाको व्यवस्था गरिने बताए।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले महेन्द्रनगरमा सञ्चालन गरेको भेटेरीनरी अस्पतालमा घरपालुवा जनावर बिरामी भएपछि उच्चस्तरिय उपचार उपलव्ध हुने व्यवस्था गरिएको केन्द्रका सूचना अधिकारी शंकरदत्त जोशीले बताए।

उनका अनुसार अस्पतालमा एक्सरे, अल्ट्रासाउण्ड मेसिनबाट बिरामी पशुको चेकजाँच गरिने व्यवस्था रहेको छ।पशु अस्पतालका लागि ३४ लाख ११ हजार ७७६ रूपैयाँ लागतमा नयाँ भवन समेत निर्माण गरिएको छ।


१० मंसिर २०७८, शुक्रवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु