punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा महाधिवेशन : लिङ्देनको पक्षमा खुलिन् रेखा

Chaupati
safha napa

अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन् ।लिङ्देन महाधिवेशनमा अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गदैछन् ।

मंसिर १५ गतेदेखि राप्रपाको महाधिवेशन शुरु हुँदैछ । राजेन्द्रले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लिङ्देनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य समेत रहेकी अभिनेत्री थापा उपस्थित भएकी छन् । रेखाले सबै पार्टीमा युवा पुस्ताको नेतृत्व आउनुपर्ने भएकाले आफूले लिङ्देनलाई साथ दिएको बताएकी छन् ।

रेखा २०७३ सालमा अध्यक्ष कमल थापाको प्रशंसा गर्दै राप्रपामा प्रवेश गरेकी थिइन् ।राप्रपामा प्रवेश गर्नुअघि उनी नेकपा माओवादी केन्द्र निकट मानिन्थिन् ।

तत्कालीन नेकपा माओवादीको एक कार्यक्रममा अध्यक्ष प्रचण्डसँग सिंहदरबार अगाडि नाचेपछि रेखा राजनीतिक वृत्तमा पनि चर्चामा आएकी थिइन् ।

 


९ मंसिर २०७८, बिहीवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु