punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजदेखि सुरु हुँदै लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान

Chaupati
safha napa

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ। ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आजदेखि देशव्यापाी रुपमा अभियान सञ्चालन गर्न लागिएको हो।अभियान सफताको कामना गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्।

७५ प्रतिशत हिंसा घर परिवार र नजिकका आफन्तबाट हुने गरेकाले यस वर्ष ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारा तय गरिएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन्। हिंसामा परेकाहरुको न्याय सुनिश्चित नभएको र घर परिवारसँग सम्बन्ध बिग्रिन्छ भन्ने डरले महिलाहरु हिंसाविरुद्ध उजुरी गर्न समेत नजाने गरेका उनको भनाई छ।

अभियानको अवधिमा विश्व अपाङ्गता दिवस (३० डिसेम्बर) का दिन अपाङ्गता भएका महिलाहरुको हक अधिकार संरक्षणका विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया गर्ने, नेपाल पक्ष रहेका महिलाविरुद्घ हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी ‘सीड’ तथा अन्य अन्तर्राष्ट्रिय दस्तावेजहरुको कार्यन्वयन सम्बन्धी अन्तक्रिया गर्ने, समाजमा विद्यमान छाउपडी कूप्रथा, बालविवाह, दाइजो लगायत कूप्रथा अन्त्यका लागि कर्णाली, सुदुरपश्चिम प्रदेश तथा मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्ने योजना आयोगले बनाएको छ।

अभियानको अवधिमा विभिन्न गैर सरकारी संस्थाहरुले पनि जनचेतनामूलक कार्यक्रम गर्दैछन्।यस अवधिमा योगमायाले नेपाली महिला आन्दोलनको शंखघोष गरेको भोजपुरको मझुवाबेसी तथा संखुवासभाको तुम्लिङटारमा लैंगिक हिंसा विरुद्घको अन्तक्रिया कार्यक्रम हुने छ। त्यसैगरी विभिन्न ठाउँमा बालबिवाह, प्रजनन स्वास्थ्य गर्भपतनको विषयमा सचेतनामूलक कार्यक्रम गर्ने तयारी छ।

२०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।अभियानको अवधिमा देशका ७ सय ५३ वटै स्थानीय तहमा महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने प्रकारका कार्यक्रम गर्ने आयोगको तयारी छ।


९ मंसिर २०७८, बिहीवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु