punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यालय भवन नबनेपछि नगरप्रमुखलाई ध्यानाकर्षणसहित माग पत्र

Chaupati
safha napa

नेकपा एमाले बुढीगंगा नगरपालका वडा नं. ५ बाजुराकी उपाअध्यक्षसमेत रहेकी अनिता बोहरा थापासहितको टोलीले विद्यालय भवन निर्माण अनिश्चित भएको भन्दै नगरप्रमुख दिपकविक्रम शाहलाई ध्यानाकर्षणसहितको माग पत्र बुझाएको छ ।

बुढीगंगा नगरपालिका वडा नं ५ निमनीमा आर्थिक वर्ष २०७७/७८ मा निमार्णधिन रहेको बाझपाटा आधारभुत विद्यालयको निमार्ण कार्य पूरा नभएको भन्दै टोलीले नगरप्रमुख शाहलाई मागपत्र बुझाएको हो ।

विद्यालय भवन निमार्णमा आर्थिक वर्ष २०७८/८९ मा पनि वडा र नगरपालिका कुनै निकायबाट बजेट विनियोजन नभएको तथा प्राथमिकतामा पनि नपरेको भन्दै निमार्ण कार्य सम्पन्न गर्न माग गरिएको छ ।

सम्पूर्ण गाउँबासीले हस्ताक्षर गरी नगरप्रमुखलाई भेटेरै मागपत्र बुझाएका हुन् । ‘बालबालिकाको शैक्षिक भविष्यसँग सरोकार राख्ने विद्यालय भवन निर्माणमा ध्यान नजानु दुखद् कुरा हो,’ स्थानीय अनिता थापाले भनिन्, ‘यसै आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्नुको विकल्प छैन ।’ स्थानीय सरकार प्रमुख भएको नाताले नगरप्रमुखले आवश्यक बजेट व्यवस्थापन गरी निमार्णकार्य सम्पन्न गर्न भुमिका खेल्नुपर्ने उनको भनाई छ ।

 

ध्यानाकर्षणसहितको माग पत्र
श्री नगर प्रमुख ज्यु,
बुढीगंगा नगरपालिका,
विषयः विद्यालय भवन निर्माण कार्य पूरा गरीदिने सम्बन्धमा ।
प्रस्तुत विषयका सम्बन्धमा यस बुढीगंगा नगरपालिका वडा नं ५ निमनीमा निमार्ण भइरहेको बाझपाटा आधारभुत विद्यालयको भवनको आर्थिक वर्ष २०७७/७८ मा डिजाइन र ईष्टमेट अनुसार सम्पन्न हुनुपर्ने पिल्लर सम्मको निर्माण कार्य सम्पन्न भएको जानकारी गराउदछौं । उक्त भवनको पिल्लरसम्मकोे निमार्ण कार्य सम्पन्नपछि स्थानीय सरकारको अनुगमन संयन्त्रद्धारा पनि अनुगमन भएको र निमार्ण कार्य सहि तरिकाले भएको पृष्ठपोषण निर्माण समिति र निमनी गाउँबासीले प्राप्त गरेको जाजकारी गराउँदछौ ।

यसरी सहि गतिमा अगाडि बढिरहेका भवनको अधुरो निमार्ण कार्य सम्पन्न गर्नको लागि स्थानीय सरकारको योजना निमार्णमा अधुरा काम सम्पन्न प्राथमिकतामा हुनुपर्नेमा, स्थानीय सरकारको आर्थिक वर्ष २०७८/७९ को योजनामा नै नसमेटिएको तथा कुनै पनि संयन्त्रद्वारा कुनै पनि बजेट विनियोजन नगरिएकोमा समग्र निमनी गाउँबासी र विद्यालय व्यवस्थापन समिति दुख प्रकट गर्दछौं ।

नगरपालिकाको नजिकै रहेका थुमा, निमनी र देनसायल गाउँका बालबालिका पढ्ने बाझपाटा आधारभुत विद्यालय निमार्णकार्य अधुरो रहदा यस विद्यालयमा पढ्ने बालबालिकाको भविष्यसँगै निमनी, थुमा र देनसायलका अभिभावक प्रति न्याय नहुने भएकोले हाम्रा ध्यान केन्द्रित भएको साथै यस विषयमा स्थानीय सरकार प्रमुख भएको नाताले नगरप्रमुखको पनि ध्यान गइ विद्यालय भवन निर्माण कार्य आर्थिक बर्ष २०७८/७९ भित्रै पुरा गरीदिनहुन जोडदार माग गदछौं ।
समस्त गाउँबासी


५ मंसिर २०७८, आइतवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु