punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम रावलले गरे पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा, यस्ता छन् उनका लक्ष्य र उद्देश्य

Chaupati
safha napa

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर रावलले यही १० गतेदेखि चितवनमा हुने दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफूले पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट उम्मेदवारी दिने योजना बनाए पनि महासचिव ईश्वर पोखरेलले महाधिवेशनकाे कामका लागि त्यहाँ कुनै कक्ष खाली नरहेको जानकारी गराएपछि आफूले रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेको रावलको भनाइ छ ।

उम्मेदवारी घोषणा गर्दै रावलले १२ वटा उद्देश्य र लक्ष्य तथा १५ वटा मान्यता सार्वजनिक गरेका छन् ।

उनले उम्मेदवारी घोषणा गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सत्ताको दुरुपयोग गरेको आरोप लगाए । उनले भने सत्ता स्वार्थका लागि जोसँग साठगाँठ र गठबन्धन गरे पनि गलत प्रवृत्ति नेतृत्व तहमा नै झाँगिदै गएको आरोप लगाए ।


५ मंसिर २०७८, आइतवार १६:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु