punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टीका उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज हुने

Chaupati
safha napa

नेपाल पत्रकार महासंघले राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

आइतबार विज्ञप्तिमार्फत महासंघमा आबद्ध पत्रकारहरूले विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ ।’

राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिने बताएको छ ।

महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ आग्रह गर्दछ’ महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन् ।

महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी नै नेपाली कांग्रेसको संघीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी छन् । अहिले महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका धेरै पदाधिकारी अहिले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अधिवेशनमा कार्यसमितिमा चुनिएका छन् भने महाधिवेशन प्रतिनिधि बनेका छन् ।


५ मंसिर २०७८, आइतवार १७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु