punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस सुदूरपश्चिम प्रदेश अधिबेशनको तयारी, आठ वटा उपसमिति गठन

Chaupati
safha napa

नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत मसिर १६ गते हुने प्रदेश अधिबेशनको लागि सुदूरपश्चिममा पनि तयारी थालिएको छ ।

सुदूरपश्चिम प्रथम प्रदेश अधिबेशन सम्पन्न गर्न नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा गठित मुल ब्यवस्थापन समितिले विभिन्न आठ वटा उपसमिति गठन गरेको छ ।

उक्त समितिमा कैलाली जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य र क्षेत्रीय सभापति, भातृ एवम् शुभेच्छुक संस्थाका प्रमुख रहने निर्णय गरिएको छ ।

जसमा अर्थ सकलन उपसमिति संयोजकमा शेरबहादुर देउवा, भोजन तथा आवास उपसमिति संयोजकमा प्रकाश बम, प्रचार-प्रसार समितिको उपसंयोजकमा नृपबहादुर सुनार, उदघाटन समारोह र मन्च ब्यवस्थापन उपसमितिको सयोजकमा पूर्ण कुँवर, साँस्कृतिक उपसमितिको संयोजकमा सुरत रावत, स्वयंसेवक उपसमिति संयोजकमा नवराज रावल, स्वास्थ्य उपचार समिति संयोजकमा उत्तम जोशी रहेका छन् ।

यसअघि नेपाली कांग्रेस सुदूरपश्चिम प्रथम प्रदेश अधिबेशन आयोजक समितिका संयोजक केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडुको अध्यक्षतामा बसेको तयारी समितिको बैठकले नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहलाई मुल ब्यवस्थापन समितिको संयोजक चयन गरेको थियो ।

नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय अनुसार केन्द्रीय सदस्य तथा मन्त्री बडुको संयोजकत्वमा सम्वन्धित प्रदेशका केन्द्रीय सदस्य, ९ जिल्लाका पार्टी सभापति, प्रदेश सभाका संसदीय दलका नेता तथा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, नगरपालिकाका मेयर र उपमेयर, गाउँ पालिकाका प्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष सदस्य रहने निर्णय निर्णय भएको छ ।


५ मंसिर २०७८, आइतवार १५:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु