punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

साताको पहिलो दिन ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

Chaupati
safha napa

नेपाली बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ तोकिएको छ ।

अधिल्लो दिन प्रतितोला ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ । जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार दई सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ४६ डलर आसपास कारोबार भइरहेको छ ।


५ मंसिर २०७८, आइतवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु