वैकल्पिक बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश
कानुन व्यवसायीहरूको अवरोधका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
नेपाल बार एसोसिएसन र सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूद्वारा जारी आन्दोलनको बाबजुद कडा सुरक्षाबीच प्रधान न्यायधीश जबरा सर्वोच्च प्रवेश गरेका हुन् ।
प्रधान न्यायाधीश जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने भनी उनीहरू धर्ना बसे पनि अर्को बाटो प्रयोग गरेर उनी अदालत प्रवेश गरेका हुन् । शुक्रबार पनि प्रधानन्यायाधीश जबरा यसै गरी अर्को बाटो प्रयोग गरेर अदालत छिरेका थिए ।
प्रधानन्यायाधीश जबराले तोकेका आफूबाहेकका न्यायाधीशहरूको १० इजलासमा २ सय ७२ मुद्दाको पेसी तोकिएको छ ।
२८ कात्तिक २०७८, आइतवार १३:५५ बजे प्रकाशित































