punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिप दुर्घटना : तीनजनाको मृत्यु‚ तीन घाइते

Chaupati
safha napa

रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। माडी गाउँपालिका-६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।

माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन्।

उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ। प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन।

 


२८ कात्तिक २०७८, आइतवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु