punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्रिकेट संघका अध्यक्ष चन्द काँग्रेस जिल्ला सभापतिका उम्मेद्वार

Chaupati
safha napa

नेपाल क्रिकेट संघका चतुरबहादुर चन्द कांग्रेसको जिल्ला सभापतिको उम्मेदवार भएका छन् । उनी नेपाली कांग्रेस बैतडीको सभापति पदका उम्मेदवार बनेका हुन् । केन्द्रको संस्थापन इतर पक्षबाट उनी सभापतिमा लड्न लागेका छन् । उनको नेतृत्वमा गएको असोज पहिलो हप्तानै जिल्लामा संयुक्त प्यानल नै घोषणा गरिएको छ ।

जिल्लामा उनलाई बर्तमान सभापति नरेन्द्रसिंह थापाको समर्थन छ । चन्द हाल उपसभापतिसमेत हुन् ।

चन्दको प्यानलबाट उपसभापतिमा खगेन्द्रसिंह धामी र रमेश पाण्डेयको नाम अघि सारिएको छ । धामी हाल जिल्ला सदस्य र पाण्डेय जिल्ला कोषाध्यक्ष रहेका छन् । सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशीको नाम छ । चन्द हाल जिल्ला सचिव र जोशी जिल्ला सदस्य रहेका छन् । सहसचिवमा दिपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड उम्मेदवार बनेका छन् ।

घोषणा सभामा बोल्दै सभापतिका उम्मेदवार चन्दले आफू कुनै गुटको उम्मेदवार नभएर कांग्रेसको संयुक्त उम्मेदवार भएको दाबी गरे । सभापतिमा आफूले जितेमा कांग्रेसलाई एकढिक्का बनार लैजाने तथा आगामी सबै निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने दाबीसमेत गरेका छन् ।

जिल्लामा संस्थापन पक्षका शिवराज भट्टले पनि आफ्नो नेतृत्वमा अलगै प्यानल बनाएका छन् । जिल्ला दुई प्यानल मैदानमा उत्रिएपछि चुनावी सरगर्मी बढेको छ ।


२८ कात्तिक २०७८, आइतवार ०९:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु