धनगढी-१४ को काँग्रेस सभापतिमा नारायणदत्त ओझा विजयी
नेपाली काङ्ग्रेसको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को सभापतिमा नारायणदत्त ओझाको प्यानल विजयी भएको छ । प्रतिद्वन्दी भूमिनन्द ओझाको प्यानलाई पराजित गर्दै नारायणदत्तको प्यानल विजयी भएको हो ।
नारायणदत्तले १०३ मत ल्याए भने भूमिनन्दले ५० मत पाए । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा अधिकांश नारायणदत्त प्यानलका व्यक्तिहरू विजयी भएका छन् ।
२७ कात्तिक २०७८, शनिवार २३:२१ बजे प्रकाशित































