काँग्रेस महाधिवेशन : कैलालीमा आज वडा अधिवेशन हुँदै
नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजदेखि कैलाली अधिवेशन प्रक्रिया सुरु हुँदैछ । जस अन्तर्गत आज जिल्लाका १२६ वटा वडामा अधिवेशन हुँदैछ ।
वडा अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको नेपाली काँग्रेस कैलालीले जनाएको छ । अधिकंश वडामा सहमति हुन नसक्दा दुई वटा टिम प्यानलसहित चुनाबी मैदानमा होमिएका छन् । ्
वडा अधिवेशनलाई पार्टीको आन्तरिक जीवनको उत्सवको रुपमा लिन काँग्रेस कैलालीले नेता कार्यर्तालाई आग्रह गरेको छ ।
सहमती, सहकार्य, एकता मेलमेलाप र सहअस्तित्वको भावनाका साथ आम कार्यकर्ता र जनतामा सन्देश प्रवाह गर्ने गरि सम्पन्न गर्न काँग्रेस कैलालीको अनुरोध छ ।
२७ कात्तिक २०७८, शनिवार ०९:११ बजे प्रकाशित































