punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा जनगणना गर्न गणक खटिए

Chaupati
safha napa

राष्ट्रिय जनगणना २०७८ का लागि बैतडीमा आजदेखि गणक खटिएका छन्। कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने मूल गणनाको सम्पूर्ण तयारी पूरा गरी आजदेखि गणकहरू खटाइएका हुन्।

यसअघि नै छनौट भएका ३ सय १५ जना गणक र ८० जना सुपरीपेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनले भने, ‘फिल्डमा खटिएका गणकलाई आज र भोलि सुपरीवेक्षकले कार्यक्षेत्र देखाउने काम गर्नेछन्। यसअघि नै उनीहरूको कार्यक्षेत्र निर्धारण गरिसकेका छौँ।’

गणकले जनगणनाका वेला गर्नुपर्ने कामका विषयमा कात्तिक १३ देखि १६ सम्म तालिममार्फत सिकाइएको र कोही नछुट्ने गरी गणक खटाइएका हुन्।

सबै तयारी पूरा भएको र गणक र सुपरीवेक्षकलाई आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइएको हो। गणकहरूले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना संकलन गर्ने बताइएको छ। ८० ओटा प्रश्नसहित गणकहरू घरघरमा पुग्ने र गणकहरूलाई सही सूचना दिन पनि सबैसँग आग्रह गरिएको छ।

जिल्लाको दशरथचन्द नगरपालिकामा ६५ जना, पाटन नगरपालिकामा ३६ जना, मेलौली नगरपालिकामा २७ जना र पुर्चौंडी नगरपालिकामा ४० जना खटाइएका छन्। यस्तै सुर्नया गाउँपालिकामा २५ जना, दोगडाकेदार गाउँपालिकामा २८ जना, डिलाशैनी गाउँपालिकामा २८ जना, सिगास गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २१र२१ जना गणकलाई आवश्यक सामग्रीसहित खटाइएको हो।

जनगणनालाई प्रभावकारी बनाउन जिल्ला जनगणना कार्यालयका साथै जिल्लाका चार ठाउँमा स्थानीय जनगणना कार्यालय समेत सञ्चालनमा ल्याइएका छन्। पाटन नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा स्थानीय जनगणना कार्यालय र जिल्ला जनगणना कार्यालयभित्रै दशरथचन्द नगरपालिकाको स्थानीय जनगणना कार्यालय पनि सञ्चालनमा रहेको छ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो। पहिलो चरणमा ४९ हजार ७ सय ६१ परिवार सूचीकृत भएका छन्।

‘मेरो गणना, मेरो सहभागिता स् राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ जनगणना भइरहेको हो। सरकारले प्रत्येक १० वर्षमा जनगणना गर्ने गर्छ।

योपटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समवेश गरिएको छ। जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउने जनाइएको छ।


२३ कात्तिक २०७८, मंगलवार १४:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु