punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेरिए तीन प्रदेशका प्रदेश प्रमुख सुदूरपश्चिममा जोशी

Chaupati
safha napa

सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो।

‘उहाँहरूलाई प्रदेश प्रमुख बनाउने निर्णय भएर पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ,’ स्रोतले भन्यो।प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन्। प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्।

साथै कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ। उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन्।नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको छ।यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए। त्यसबेला पनि दलहरूले भागबन्डा गरी प्रदेश प्रमुख बनाएका थिए।


२३ कात्तिक २०७८, मंगलवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु