punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर हल्का वर्षा र हिमपातको सम्भावना

Chaupati
safha napa

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।

मौसम बदली र तुलनात्मक रूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ । दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


२० कात्तिक २०७८, शनिवार ०८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु