punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

६० थान सालकाे चिरान काठ बरामद

Chaupati
safha napa

डिभिजन वन कार्यालय घोराही दाङले ६० थान सालको चिरान काठ बरामद गरेको छ । बबई गाउँपालिका ५ बबरपुरबाट काटेर राखेको ६० थान चिरान सालको काठ बरामद गरिएको वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।

ती काठ २५ दशमलव २ क्विफिट रहेको वन कार्यालयका सहायक वन अधिकृत चौधरीको भनाइ छ । बबई ५ कै कप्रेल गाउँको वनमा एउटा रुख काटिएको भन्ने सूचनाका आधारमा खोजी गर्दा ती काठ बरामद भएको कार्यालयले जनाएको छ ।

सबै प्रमाण फेला नपरेको र काठ काट्ने तथा निकासी गर्ने व्यक्तिको बारेमा अनुसन्धान सुरु गरिएको सहायक वन अधिकृत चौधरीले जानकारी दिए ।


२० कात्तिक २०७८, शनिवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु