punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा सम्बन्धविच्छेद गराउने बढे, यस्तो छ कारण

Chaupati
safha napa

पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढ्दै गएको छ। जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिना नपुग्दै ६ पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका छन्।

चालु आवमा गत आवको जिम्मेवारी सरिआएका सात गरी कूल १३ पुरुषले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी द्रिए। विसं २०७४ भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी देवानी संहिता ऐन कार्यान्वयनमा आएपछि जिल्लामा हरेक वर्ष महिलाकै सङ्ख्यामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दायर गर्न थालेका छन्।

पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेदका घटना निकै बढेका छन्। पतिले पत्नीको दोष देखाएर र पत्नीले पतीको दोष देखाएर अलग भएर बस्न चाहेको भन्दै सम्बन्धविच्छेद गराउन चाहनेको सङ्ख्यामा बढ्दै गएको अदालतको तथ्याङ्कले देखाउँछ। गत वर्ष ३० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए।

मुद्दा दर्ता गराउनेमा १८ महिला थिए। गत वर्ष दर्ता भएका सात मुद्दाको मात्र फैसला भएको ज्ञवालीले बताए। चालु आवमा हालसम्म एउटा मुद्दाको फैसला भएको छ। आव २०७५÷७६ मा ४३ सम्बन्धविच्छेदका मुद्दा दायर भएकामा १५ पुरुषले आफू पीडित भएको भन्दै मुद्दा दायर गरेका थिए।

आफूलाई बेवास्ता गरेको, खान लगाउन नदिएको, अनावश्यक शङ्का गरेकोजस्ता कारण देखाएर पत्नीले पतिसँग सम्बन्धविच्छेद गराउन चाहेको भन्दै मुद्दा दर्ता गर्न थालेका श्रेस्तेदार ज्ञवाली बताउछन्। पुरुषले पनि विभिन्न कारण देखाएर पत्नीसँग छुट्टिन चाहेको भन्दै अदालत धाउने गरेका छन्।

बढ्दो सामाजिक सञ्जालको प्रयोग, श्रीमान् विदेशमा हुनु, पारिवारिक कलह, शङ्काउपशङ्का, सानै उमेरमा विवाह गर्ने, गाउँ छाडेर बजारमा डेरा गरी बस्नेलगायत कारण पती पत्नीबीच कलह बढ्ने गरेको पाइएको छ। महिलाको तुलनामा पुरुषले सम्बन्धविच्छेदका लागि बढी मुद्दा दिने गरेको तथ्याङ्क छ। “छोरा नभएको कारण देखाएर पनि सम्बन्धविच्छेद गर्ने गरेका छन्”, ज्ञवालीले भने।


१९ कात्तिक २०७८, शुक्रवार १६:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु