punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वडाध्यक्ष महराद्वारा भत्ताको रकम खेलकुद सामग्रीमा

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गरेका छन्। उनले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबल खेलका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन्।

१३ हजार ४७० र अपुग रु २० हजार रकम व्यक्तिगतरूपमा व्यवस्था गरी खेलकुद सामग्री उपलव्ध गराइएको उनले जानकारी दिए। “वडाका युवाको रुचिअनुसारका खेलकुदका सामग्री उपलब्ध गराएका छौँ”, उनले भने, “अझै खेलकुदप्रति युवाहरुको आकर्षण बढाउनका लागि वडाको बजेट परिचालन गर्छौँ।”

युवामा खेलकुदप्रतिको रुचि बढ्दै गएपछि खेलकुद सामग्रीको अभाव हुन नदिनका लागि भत्ताको रकम खर्च गर्नुपरेको उनको भनाइ छ। “जनप्रतिनिधि भनेको जनताले काम गर्नका लागि पठाएका व्यक्ति हुन्”, उनल भने, “जनताको तिरोबाट उपलब्ध गराइएको भत्ताको रकम जनताकै असल कार्यका लागि खर्च गर्न पाउँदा खुशी लागेको छ।”

नगरपालिकाबाट पाइने सुविधावापतको रकम अझै जनताकै लागि खर्च गर्ने आगामी योजना रहेको उनले बताए। यसअघिसमेत वडाध्यक्ष महराले नगरपालिकाबाट पाइने भत्तावापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।

साथै उनी जुवातास नियन्त्रण, चेलीबेटी बेचबिखन र बालविवाह रोक्नका लागि वडामै सचेतना कार्यक्रमसँगै त्यस्ता कार्यमा संलग्नको सेवा–सुविधा रोक्नेलगायत कार्य गरी चर्चामा समेत आएका थिए।

 


१९ कात्तिक २०७८, शुक्रवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु