कांग्रेसका दोलखा जिल्ला सभापति लामा जुवाखालबाट पक्राउ
नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।
जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।
१९ कात्तिक २०७८, शुक्रवार १२:३३ बजे प्रकाशित






























