punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा युवकहरु बिच ग्याङ फाइट, प्रहरीका असइ घाइते

Chaupati
safha napa

कञ्चनपुरमा युवकहरु बिच ग्याङ फाइट भएको छ। जिल्लाको बेदकोट नगरपालिका-८ बनखेतमा बिहीबार मापसे सेवन गरेका युवकहरु बिच झडप भएको प्रहरीले जनाएको छ।दोहोरो झडपका क्रममा महाकाली अस्पतालमा असइ माथि समेत आक्रमण भएको जनाइएको छ।

फेरी आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा असइमाथि पनि आक्रमण भएको जिल्ला प्रहरी कञ्चनपुरले जनाएको छ ।असइको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपाने बताए ।

प्रहरीका अनुसार त्यस आक्रमणमा परेर घाइते भएकाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ५ युवकलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।


१९ कात्तिक २०७८, शुक्रवार ०९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु