punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनआरएनए चुनाबमा सरकारले हस्तक्षेप गरेको छैन : देउवा

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघ (एनआरएन)को निर्वाचनमा सरकारले हस्तक्षेप नगरेको बताएका छन् ।कोप-२६ सम्मेलनबाट आज बिहान काठमाडौं फर्किएका देउवाले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ‘सरकारले हस्तक्षेप गरेको हैन बरु सघाउन तयार छ’ उनले भने । चुनाब आयोजना गर्न एनआरएनए स्वतन्त्र रहेको समेत देउवाले बताए ।

लन्डनमा गैरआवासीय नेपाल संघ युकेले देउवालाई एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट पत्र समेत बुझाएको थियो भने त्यहाँ देउवाले एनआरएनको योगदान बारेपनि चर्चा गरेका थिए ।

परराष्ट्र मन्त्रालयले एनआरएनलाई पत्र लेख्दै निर्वाचन स्थगित गर्न दबाब दिएको थियो । परराष्ट्रको पत्रपछि चुनाव अहिले स्थगित भएको छ । ६ महिनाभित्र चुनाव गर्नुपर्ने बाध्यताका कारण केही दिनमै एनआरएन चुनाव घोषणा हुने तयारी भएको स्रोतले जनाएको छ ।

 


१८ कात्तिक २०७८, बिहीवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु